टोकियो ओलम्पिकः महिला फुटबलमा स्विडेनसँग अमेरिका स्तब्ध एजेन्सी। टोकियो ओलम्पिकमा महिला फुटबलको विश्व नम्बर एक अमेरिका स्विडेनसँग स्तब्ध भयो। स्विडेनले अमेरिकालाई ३–० ले हराएको हो। यससँगै अमेरिकाको ४४ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लाग्यो। स्टिना ब्ल्याकटेनियाले दुई र लिना हर्टिङले एक गोल गरे। समूह ‘जी’को अर्को खेलमा अस्ट्रेलियाले न्युजिल्यान्ड २–१ ले हरायो। समूह ‘एफ’मा ब्राजिलले चीनलाई ५–० ले हराउँदा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई १०–३ ले हरायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्