टोकियो ओलम्पिकः अर्जेन्टिना अष्ट्रेलियासँग पराजित एजेन्सी। पूर्व स्वर्ण पदक विजेता अर्जेन्टिना टोकियो ओलम्पिकको पुरुष फुटबलमा अष्ट्रेलियासँग २–० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को ओर्टेगाले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। अष्ट्रेलियाका लचलन वाल्स र मर्को टिलिओले गोल गरे। जितसँगै अष्ट्रेलिया समूह सीको शीर्ष स्थानमा छ। यही समूहमा यसअघि स्पेन र इजिप्टले गोलरहित बराबरी खेले।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्