पुलिस क्लबलाई केल्मीको प्रायोजन काठमाडौं। नेपाल पुलिस क्लबको फुटबल, बास्केटबल र भलिबल टिमलाई स्पेनिस खेलसामाग्री उत्पादन कम्पनी केल्मीले प्रायोजन गर्ने भएको छ। तीन खेलका महिला र पुरुष टिमलाई केल्मीले चार वर्षका लागि प्रायोजन गरेको हो। तथापि प्रायोजन रकम भने खुलाइएको छैन। यसअघि केल्मीले महिला र पुरुष फुटबल टिमलाई मात्र प्रायोजन गरेको थियो। सम्झौताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षणका लागि पठाउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्