एन्फा प्राविधिक कमिटीका संयोजक थापाले दिए पदबाट राजिनामा
काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय कार्यकारिणी कमिटीका संयोजक कृष्णबहादुर थापाले आज पदबाट राजीनामा दिएका छन्। कमिटीले विधि विधानविपरित कार्य गरेको भन्दै राजीनामा दिएका हुन्। उनले आफ्नो जानकारी विना यू–१३ खेलाडीको नाम प्रकाशन, ‘बी’ लाइसन्स कोर्ष आयोजना गर्ने, महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरेकाले नैतिकताका आधरमा पदमा बस्न नमिल्ने भन्दै पदबाट राजिनामा दिएको बताए।
प्रतिक्रिया दिनुहोस्