सन २०२५ सम्म टोटेनह्याममै बस्ने एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामका फरवार्ड ह्युङ–मिन सनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। नयाँ सम्झौताअनुसार दक्षिण कोरियाका फरवार्ड सन् अब २०२५ सम्म टोटेनह्याममा बस्नेछन्। २०१५ मा बायर लेभरकुसेनबाट टोटेनह्याम आएका २९ वर्षे सनले इङ्लिस क्लबबाट २८० खेलमा १०७ गोल गरिसकेका छन्। दक्षिण कोरियाबाट दुई विश्वकप खेलिसकेका सनले देशका लागि ९१ खेलमा २७ गोल गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्