टोकियो ओलम्पिकः सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान काठमाडौं। टोकियो ओलम्पिकमा सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा नेपालको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा कुल ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। कल्पनाले १३ औं सागमा आफैंले बनाएका ६१४.५ अंकको कीर्तिमान तोडेकी हुन्। तथापी उनी अघिल्लो चरण प्रवेश गर्न सकिनन्। ५० खेलाडी सहभागी छनोट चरणमा कल्पना ४६औं स्थानमा रहिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्