बंगलादेश जिम्बब्वेसँग पराजित एजेन्सी। वेस्ली माधेबेरेको ७३ रनप्रेरित जिम्बाब्वेले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रीकेटमा बंगलादेशलाई २३ रनले हराएको छ। टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य पछ्याएको पाहुना टोली बंगलादेशले १९.५ ओभरमा सबै विकेट गुमाएर १४३ रनमात्र बनायो। योसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ। पहिलो खेल बंगलादेशले ८ विकेटले जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्