टोकियो ओलम्पिकः तीन पटकको स्वर्ण पदक विजेता उचिमुरा पहिलो चरणबाटै बाहिरिए एजेन्सी। तीन पटक स्वर्ण पदक जित्न सफल जापानका जिम्यास्टिक खेलाडी उचिमुरा कोहेई स्वदेशमै आयोजित ओलम्पिकमा पहिलो चरणबाट बाहिरिएका छन्। २०१२ र २०१६ मा लगातार अलराउन्डमा स्वर्ण पदक जितेका सफल कोहेईले शनिबार पुरुष क्वालिफाइङ राउन्डमा ‘होरिजेन्टल बार’ पार गर्न असफल भए। उनले १३.८६६ अंकमात्र जोडेकाले अघिल्लो चरण प्रवेश गर्न सकेनन्। ३२ वर्षे कोहोईले खेलपछि सन्यासको घोषणा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्