जापानकी तोनाकीलाई हराउँदै क्रास्निकोले कोसोभोलाई दिलाइन् स्वर्ण
एजेन्सी। कोसोभोकी दिष्ट्रिया क्रास्निकीले आयोजक राष्ट्र जापानकी फुना तोनाकीलाई हराउँदै टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छिन्। क्रास्निकीले महिला ४८ किलो तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। युक्रेनकी डारिया बिलोडिड र मंगोलियाकी युरानसेटसेग मुन्खबतले कांस्य पदक जिते। जुडोमै जापानका नाओहिसा ताकातोले पुरुष ६० केजी तौल समूहमा स्वर्ण पदक जिते। उनले ताइवानका याङ युङ–वेईलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।
प्रतिक्रिया दिनुहोस्