जर्मन क्लब डर्टमण्ड पराजित एजेन्सी। जर्मन बुन्डेलिगाको क्लब बोरुसिया डर्टमण्ड नयाँ सिजन पूर्वको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथलेटिक विल्बाओसँग २–० ले हारेको छ। एथलेटिक विल्बाओका राउल गार्सियाले ५०औं मिनेटमा पेनाल्टीमा गोल गरे। त्यसको सात मिनेटपछि ड्यानियल बिबियनले अर्को गोल थपेपछि डर्टमण्डको हार पक्का भएको हो। डर्टमण्डले अब बोलोग्नाविरुद्ध खेल्नेछ। डर्टमण्डले अगस्ट १४ मा फ्राङफर्टविरुद्धको खेलबाट बुन्डेसलिगाको नयाँ सिजन थाल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्