टोकियो ओलम्पिकको पहिलो दिन ९ देशले जिते स्वर्ण पदक काठमाडौं। टोकियो ओलम्पिक २०२० को पहिलो दिन कुल ११ स्वर्णको लागि भएका विभिन्न प्रतिस्पर्धामा ९ देशले स्वर्ण पदक हात पारेका छन्। पहिलो दिन सबैभन्दा बढी चीनले ३ वटा स्वर्ण पदक हात पारेको छ भने इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले एक–एक वटा स्वर्ण जितेका छन्। पहिलो दिन कुल १९ देशले विभिन्न पदक प्राप्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्