नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने अल्मुताइरीको घोषणा
काठमाडौं। नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण पदबाट राजिनामा दिन लागेको बताएका छन्। सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै अल्मुताइरीले लेखेका छन्,"म राजिनामा दिनका लागि एन्फा कार्यालय जाँदैछु। पछिल्लो तीन साता मेराविरूद्ध नेम्वाङले गरेको नाटकीय व्यवहारका कारण राजीनामा दिन लागेको हुँ। अब नेम्वाङ खुशी हुनुहुन्छ होला।"अल्मुताइरी तीन महिनाअघि नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्