टोकियो ओलम्पिकः ट्रायथलनमा नर्वेका ब्लुमेन्फेल्टले जिते स्वर्ण एजेन्सी। नर्वेका क्रिष्टियन ब्लुमेन्फेल्टले पुरुष ट्रायथलनमा स्वर्ण पदक जितेका छन्। उनले एक घन्टा ४५.०४ मिनेटमा दुरी पार गरेका थिए। ब्लुमेन्फेल्टभन्दा ११ सेकेण्ड पछि परेका बेलायतका एलेक्स यीले रजत पदक जिते। न्युजिल्यान्डका हेडेन विल्डले काश्य पदक जिते। उनले १ घण्टा ४५.२४ मिनेटमा दुरी पार गरे। ट्रायथलनमा स्वर्ण पदक जित्ने ब्लुमेन्फेल्ट नर्वेका पहिलो खेलाडी हुन्। रियो ओलम्पिकमा उनी १३औं स्थानमा थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्