टोकियो ओलम्पिकः विश्व कीर्तिमानी लेडेकीलाई हराउँदै अष्ट्रेलियाकी टिमेसले जितिन् स्वर्ण
एजेन्सी। अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस महिला ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन्। उनले ३ मिनेट ५६.६९ सेकेण्डमा दुरी पार गरेकी हुन्। जुन इतिहासकै दोस्रो चाँडो समय हो। विश्व कीर्तिमानसहित रियो ओलम्पिकको स्वर्ण पदक विजेता अमेरिकाकी काथलीन लेडेकीले रजत पदक जितिन्। उनले ३ मिनेट ५७.३६ सेकेण्डमा दुरी पार गरिन्। त्यस्तै चीनकी ली बिङजीले काश्य पदक जितिन्।
प्रतिक्रिया दिनुहोस्