टोकियो ओलम्पिकः ओसाका महिला टेनिसको अन्तिम–१६ मा
एजेन्सी। दोस्रो वरियाताकी नाओमी ओसाकाले टोकियो ओलम्पिकमा टेनिसको महिला प्रतिस्पर्धाको तेस्रो चरणमा स्थान बनाएकी छन्। ओसाकाले ४९औं वरियाताप्राप्त स्विट्जरल्यान्डकी भिक्टोरिजा गोलुबिकलाई ६–३, ६–२ को सेटमा हराउँदै अन्तिम–१६ मा स्थान बनाएकी हुन्। ओसाकाले अब चेक गणतन्त्रकी मार्केटा भोन्द्रोउसोभा र रोमानियाकी मिहाइला बुजार्नेस्कुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। काजकिस्तानकी एलिना रेबाकिनाले स्विडेनकी रेबेका पिटर्सनलाई ६–२, ६–३ ले हराइन्।
प्रतिक्रिया दिनुहोस्