टोकियो ओलम्पिक: नेदरल्यान्डस्का टेनिस खेलाडीलाई कोरोना एजेन्सी।अन्तर्राष्ट्रिय टेनिस संघले नेदरल्यान्डस्का टेनिस खेलाडी जेन-जुलियन रोजरलाई कोभिड-१९ संक्रमण भएको जनाएको छ।संक्रमित भएपछि रोजरले पुरूष युगलबाट आफ्नो नाम फिर्ता लिएका छन्। अहिले रोजर र उनको जोडी वेस्ले कुलहोफ आइसोलेसनमा छन्। नेदरल्यान्डसले डेनमार्कविरूद्ध खेल्ने तालिका थियो। डेनमार्कका मार्कुस ड्यानियल र माइकल भेनसले वाकओभर पाएर क्वार्टरफाइनलमा स्थान बनाएका छन्। १ जुलाईदेखि अहिलेसम्म एक्रिडिटेसन लिएका १५३ जना संक्रमित भैसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्