टोकियो ओलम्पिक: बेलायतलाई डाइभिङमा स्वर्ण एजेन्सी।बेलायतका थोमस डेले र म्याट लीले पुरुष १० मिटर सिङ्क्रोनाइज्ड डाईभिङमा स्वर्ण पदक जितेका छन्।डेले र लीले कुल ४७१.८१ अंक जोडे।रजत पदक जित्ने चीनका चाओ युआन र चेन आइसेनले ४७०.५८ अंक जोडे।रूसका एलेक्डेन्डर बोन्डर र भिक्टोर मिनिभाएबले काश्य पदक जित्यो। रूसी जोडीले ४३९.९२ अंक जोडे।डाइभिङ महिला ३ मिटर सिङ्क्रोनाइज्ड स्प्रीङबोर्डमा चीनले स्वर्ण, क्यानडाले रजत र जर्मनीले काश्य पदक जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्