टोकियो ओलम्पिक: माउन्टेनबाइकमा बेलायतका पिडकोकले जिते स्वर्ण एजेन्सी। बेलायतका टम पिडकोकले माउन्टेनबाइक पुरुष स्पर्धामा स्वर्ण पदक जितेका छन्। यसै वर्षको सुरुमा विश्व कपको उपाधि जितेका पिडकोकले २८.२५ किलोमिटरको दुरी १ घण्टा २५.१४ मिनेटमा पार गर्दै स्वर्ण पदक जितेका हुन्। रजत पदक जित्ने स्विट्जरल्यान्डका म्याथिज फ्लुइककिगरले दुरी पार गर्न १ घण्टा २५.३४ मिनेट लगाए। स्पेनका डेबिड भालेरो सेरानोले १ घण्टा २५.४८ मिनेटमा दुरी पार गर्दै कांस्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्