पार्टी विभाजन होला तर जनमत विभाजन हुँदैन, अन्तिम फैसला जनताले गर्नेछन्– राजेन्द्र महतो काठमाडौं। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले प्राविधिक रुपमा दल विभाजन गरेपनि जनमत विभाजन गर्न नसक्ने बताएका छन्। आफूहरु अब जनतामा जाने र अन्तिम फैसला जनताले गर्ने महतोले बताए। आयोग परिसरमा पत्रकारसँग महतोले भने–“दल कतै गएको छैन, दल जनताबाट निर्माण हुने हो, जनता हाम्रै पक्षमा छन्।”मधेशका जनताले ठूलो आस गरेको पार्टी विभाजनमा जानु दूभाग्यपूर्ण रहेको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्