अमेरिका र चीनलाई उछिन्दै जापान ओलम्पिक पदक तालिकाको पहिलो स्थानमा
काठमाडौं।आयोजक जापान ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा अमेरिका र चीनलाई उछिन्दै पहिलो स्थानमा पुगेको छ।चौथो दिनको प्रतिस्पर्धाहरु सकिँदासम्म जापानले १० स्वर्ण,३ रजत र ५ काश्यसहित १८ पदक जितेको छ।तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाले चौथो दिनको अन्तसम्म ९ स्वर्ण,७ रजत र ८ काश्यसहित २४ पदक र चीनले ९ स्वर्ण,५ रजत र ७ काश्यसहित १८ पदक जितेको छ।
प्रतिक्रिया दिनुहोस्