रियालका रक्षक भरान युनाइटेडमा
एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाईटेडले रियाल मड्रिडका रक्षक राफायल भरानलाई अनुबन्ध गर्ने पक्का भएको छ। २८ वर्षे भरानका लागि युनाइटेडले तीन करोड ४० लाख पाउण्डमा खर्च गर्न लागेको जनाइएको छ। जुन रकम बढेर चार करोड २० लाख पाउण्डसम्म पुग्न सक्नेछ। युनाइटेडले चार वर्षका लागि भरानसँग सम्झैता गरेको हो। फ्रान्सबाट विश्वकप उपाधि जितेका भरानले १० वर्ष रियालमा बिताएका छन्।
प्रतिक्रिया दिनुहोस्