टोकियो ओलम्पिकः भारतकी ब्याडमिन्टन खेलाडी पीभी सिन्धु अन्तिम–१६ मा एजेन्सी। भारतकी खेलाडी पीभी सिन्धुले महिला ब्याडमिन्टन एकल स्पर्धाको अन्तिम–१६ मा स्थान बनाएकी छन्। उनले आज बिहान हङकङकी चेउङ नान यीलाई २१–९, २१–१६ को सेटमा हराउँदै अन्तिम–१६ मा स्थान बनाएकी हुन्। भारतको महिला हक्की टिम भने आज बेलायतसँग ४–१ ले पराजित भयो। समूह ‘ए’मा रहेको भारतीय महिला हक्की टिमको यो लगातार तेस्रो हार हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्