साउदी अरबको ‘रेड लिस्ट’ मा नेपाल परेन, नेपालमाथिको प्रतिबन्ध हट्यो काठमाडौं। साउदी अबरले ‘रेड लिस्ट’ बाट नेपाललाई हटाएको छ। कोरोना संक्रमणको जोखिमलाई लिएर साउदीले जारी गरेको नयाँ ‘रेड लिस्ट’मा भारतलगायत १६ देश छन्। ‘रेड लिस्ट’मा परेका देशको भ्रमण गर्नेलाई साउदी सरकारले तीन वर्षको यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यसअघि नेपाल पनि ‘रेड लिस्ट’ मा थियो। नयाँ ‘रेड लिस्ट’ मा भारत,युएई,लिविया,सिरिया, लेबनान,यमन,इरान,टर्की, आर्मेनिया,इथोपिया,सोमालिया,कंगो, अफगानिस्तान, भेनेजुयला, बेलारुस र भियतनाम छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्