टोकियो ओलम्पिकः जापानकी ओहाशीलाई दोहोरो स्वर्ण
एजेन्सी। जापनकी पौडी खेलाडी युई ओहाशीले दोस्रो स्वर्ण पदक जितेकी छन्। ओहाशीले महिला २०० मिटर मिड्लेमा २ दुई मिनेट ०८.५२ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। ओहाशीले ४०० मिटर मिड्लेमा पनि स्वर्ण पदक जितेकी थिइन्। अमेरिकाका एलेक्स वालेशले २ मिनेट ०८.६५ सेकेण्ड र केट डोउगलसले दुई मिनेट ०९.०४ सेकेण्डमा दुरी पार गर्दै क्रमशः रजत र काश्य पदक जिते।
प्रतिक्रिया दिनुहोस्