बेलायतले पौडीको ४ गुणा २०० मिटर फ्रिस्टाइलमा जित्यो ११८ वर्षपछि स्वर्ण एजेन्सी। बेलायतले टोकियो ओलम्पिकको पौडीको पुरुष ४ गुणा २०० मिटर फ्रिस्टाइल स्पर्धामा १९०३ पछि पहिलोपटक स्वर्ण पदक जितेको छ। बेलायतले ६ मिनेट ५८.५८ सेकेण्डमा दुरी पार गरेको हो। विश्व कीर्तिमानको समय ६ मिनेट ५८.५५ सेकेण्ड छ। रजत पदक जितेको रुसले ७ मिनेट ०१.८१ सेकेण्डमा दुरी पार गर्‍यो। चार पटकको डिफेन्डिङ च्याम्पियन अमेरिका पदकबिहीन बन्दा अष्ट्रेलियाले काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्