टोकियो ओलम्पिकः अमेरिकाकाकी विल्सले जिम्न्यास्टिकको एकल स्पर्धा पनि छाडिन्
एजेन्सी। मानसिक स्वास्थ्य समस्याका कारण अमेरिकाकी जिम्न्यास्टिक खेलाडी सिमोन विल्सले टोकियो ओलम्पिकको एकल अलराउन्ड स्पर्धाको फाइनल नखेल्ने भएकी छन्। विल्स मंगलबार महिला टिम स्पर्धामा पनि अनुपस्थित भएकी थिइन्। उनी अनुपस्थित भएपछि रुसी टिमले स्वर्ण पदक जितेको थियो। वेल्सको स्थानमा जड क्यारीले प्रतिस्पर्धा गर्ने अमेरिकाले जनाएको छ। क्वालिफाइङमा क्यारीले नवौं उच्च स्कोर ल्याएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्