टोकियो ओलम्पिकः जोकोभिच टेनिसको क्वार्टरफाइनलमा
एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले टोकियो ओलम्पिकमा पुरुष टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। सर्वियाका जोकोभिचले स्पेनका एलेजान्द्रो डेभिडोभिच फोकिनालाई ६–३, ६–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। जारी सिजन तीन ग्राण्डस्लामको उपाधि जितिसकेका जोकोभिचले ओलम्पिक र युएस ओपनको उपाधि जिते गोल्डेन स्लाम जित्ने पहिलो पुरुष खेलाडी बन्नेछन्। जोकोभिचले क्वार्टरफाइनलमा अब जापानका काई निशिकोरीविरुद्ध खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्