श्रीलंकाले भारतलाई ४ विकेटले हरायो एजेन्सी। श्रीलंकाले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई चार विकेटले हराएको छ। जितसँगै श्रीलंकाले तीन खेलको शृंखला १–१ को बराबरी गर्‍यो। टस हारेर ब्याटिङ थालेको भारतले पाँच विकेट गुमाएर १३२ रन बनायो। भारतका शिखर धवनले सबभन्दा धेरै ४० रन बनाए। १३३ रनको लक्ष्य श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। श्रीलंकाका धनन्जय डी सिल्भाले अविजित ४० रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्