टोकियो ओलम्पिकः भारतकी पीभी सिन्धु महिला ब्याडमिन्टनको क्वार्टरफाइनलमा एजेन्सी। भारतकी पीभी सिन्धुले महिला ब्याडमिन्टनको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। २६ वर्षीया सिन्धुले आज बिहान डेनमार्ककी मिया ब्लिचफेल्डलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएकी हुन्। विश्व वरीयताको छैटौं स्थानमा रहेकी सिन्धुले २१–१५, २१–१३ को सेटमा विजय हासिल गरेकी हुन्। भारतकै पुरुष हक्की टिमले पनि अर्जेन्टिनालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्