टोकियो ओलम्पिकः विश्व कीर्तिमानसहित चीनलाई स्वर्ण एजेन्सी। सबैलाई आश्चर्यमा पार्दै चीनले पौडीको महिला ४ गुणा २०० मिनेट फ्रिस्टाइल रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। चीनले ७ मिनेट ४०.३३ सेकेण्डमा दुरी पार गर्दै कीर्तिमान बनाएको हो। यसअघि अष्ट्रेलियाको नाममा ७ मिनेट ४१.५० सेकेण्डको कीर्तिमान थियो। अमेरिकाले ७ मिनेट ४०.७३ सेकेण्डमा दुरी पार गर्दै रजत र अष्ट्रेलियाले ७ मिनेट ४१.२९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्