टोकियो ओलम्पिकः ओलम्पिक कीर्तिमानसहित चीनकी युफेईले जितिन् स्वर्ण एजेन्सी। चीनकी पौडी खेलाडी झाङ युफेईले महिला २०० मिटर बटरफ्लाई स्पर्धामा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। युफेईले २ मिनेट ०३.८६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। अमेरिकाकी रेगन स्मिथले २ मिनेट ०५.३० सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन्। अमेरिकाकै हाली फ्लिकिन्जरले २ मिनेट ५.६५ सेकेन्डमा दुरी पार गर्दै कांस्य पदक जितिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्