प्रशिक्षक अल्मुताइरीको विवाद आज टुंङ्गो लाग्ने
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङबीचको विवाद आज साँझ बस्ने आपतकालीन कार्यसमिति बैठकले टुंगाउने भएको छ। साँझ चार बजेको लागि बोलाइएको बैठकमा प्रशिक्षक अल्मुताइरी र साफ च्याम्पियनसिप आयोजनाको विषयमा निर्णय हुने एन्फाले जनाएको छ। अल्मुताइरीले आइतबार नेम्वाङको कारण आफूले राजिनामा दिन लागेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए।
प्रतिक्रिया दिनुहोस्