टोकियो ओलम्पिकः महिला फुटबलमा आयोजक जापान पराजित
एजेन्सी। महिला फुटबलमा आयोजक जापानको यात्रा क्वार्टर फाइनलमा समाप्त भएको छ। जापान स्विडेनसँग ३–१ ले हारेको हो। स्विडेनको जितमा माग्डालेना इरिक्सन, स्टिना ब्ल्याकस्टेनियस र कोसोभारे एस्लानीले गोल गरे। जापानकी मिना तानाकाले गोल गरिन्। विजेता स्विडेनले अब फाइनल प्रवेशका लागि अस्ट्रेलियाविरुद्ध खेल्नेछ। अस्ट्रेलियाले बेलायतलाई थपिएको समयमा ४–३ ले हराएको हो। निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको थियो
प्रतिक्रिया दिनुहोस्