प्रशिक्षणका लागि तीन सदस्सीय जुडो टिम स्विट्जरल्यान्ड जाने काठमाडौँ। आईजेएफ यूथ तालिममा सहभागी जुडोका दुई खेलाडी र एक प्रशिक्षकसहित तीन जनाको टिम शनिबार स्विट्जरल्यान्डको लेसिन जाँदैछन्। खेलाडी आयुशसिंह साउद र सम्झना थापा तथा प्रशिक्षकमा राजीव प्रधान छन्। तालिम अगस्ट १ देखि ७ सम्म हुनेछ। यु–१८ उमेर समूहअन्तर्गत राजविराजमा सम्पन्न लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्