टोकियो ओलम्पिकः चीनका माले जिते टेबल टेनिस पुरुष एकलको स्वर्ण एजेन्सी। चीनका मा लोङले टेबल टेनिसको पुरुष एकलमा आफ्नै देशका फान झाङदोङलाई ११–४, १०–१२, ११–८, ११–९, ३–११, ११–७ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। माले रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए। यससँगै चीनले लगातार चार ओलम्पिकमा टेबल टेनिस पुरुष एकलको स्वर्ण जित्न सफल भयो। जर्मनीका दिमित्रिज ओभचारोभले कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्