अल्मुताइरी र नेम्वाङबीचको विवाद समाधान गर्न मन्त्रालय सिफारिस काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीबीचको विवाद समाधानका लागि छानबिन गर्नका युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ। अल्मुताइरीले आइतबार नेम्वाङका कारण आफूले राजीनामा दिने भन्दै फेसबुकमा पोस्ट गरेका थिए। तथापि उनले लिखित राजीनामा दिएका छैनन्। उनले नेम्वाङले आफूविरुद्ध षडयन्त्र गरेको भन्दै छानबिनलाई एन्फामा निवेदन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्