मानसीक स्वास्थ्यका कारण स्टोक्सले लिए अनिश्चित समयका लागि विश्राम एजेन्सी। इङ्ल्यान्ड क्रिकेट टिममा अलराउन्डर बेन स्टोक्सले मानसीक स्वास्थ्यका कारण सबै खालको क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएका छन्। यससँगै भारतविरुद्ध बुधबारबाट हुने पाँच खेलको टेष्ट शृंखलामा स्टोक्स हुने छैनन्। ३० वर्षीय स्टोक्सको स्थान क्रायग ओभरटनले लिनेछन्। स्टोक्सले ट्वान्टी–२० विश्वकप तथा अष्ट्रेलियाविरुद्ध एसेज शृंखला पनि गुमाउने सम्भावना छ। उनी गत अगष्टदेखि टिममा नियमित छैनन्। डिसेम्बरमा स्टोक्सको बुबाको निधन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्