टोकियो ओलम्पिकः अमेरिकाका ड्रेसलले विश्व कीर्तिमानसहित जिते तेस्रो स्वर्ण
एजेन्सी। अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले पौडीको पुरुष १०० मिटर बटरफ्लाईमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ४९.४५ सेकेण्डमा पार गरे। ड्रेसलले आफ्नै नाममा रहेको ४९.५० सेकेण्डको कीर्तिमान तोडेका हुन्। जारी ओलम्पिकमा उनको यो तेस्रो स्वर्ण पदक हो। यसअघि उनले पुरुष १०० मिटर फ्रीस्टाइल र ४ गुण १०० मिनेट फ्रीस्टाइल रिलेमा स्वर्ण पदक जितेका थिए।
प्रतिक्रिया दिनुहोस्