टोकियो ओलम्पिकः पौडीमा अष्ट्रेलियालाई अर्को स्वर्ण एजेन्सी। अष्ट्रेलियाकी पौडी खेलाडी केली म्याकक्यिुवनले महिला २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन्। टोकियो ओलम्पिकमा अष्ट्रेलियाले पौडीमा जितेको यो आठौं स्वर्ण पदक हो। म्याकक्यिुवनले निर्धारित दुरी २ मिनेट ४.६८ सेकेण्डमा पार गरेकी हुन्। क्यानडाकी केली म्यासीले २ मिनेट ५.४२ सेकेण्डमा दुरी पार गर्दे रजत पदक जितिन्। अष्ट्रेलियाकै इमिली सीबोहमले २ मिनेट ६.१७ सेकेण्डमा दुरी पाद गर्दै काश्य पदक जितिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्