टोकियो ओलम्पिकः साबिक विजेता ब्राजिल सेमिफाइनलमा एजेन्सी। म्याथ्युज कुन्हाको गोलमा साबिक विजेता ब्राजिलले आज इजिप्टलाई १–० ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। ब्राजिलको जितमा कुन्हाले ३७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। ब्राजिलले अब फाइनल प्रवेशका लागि दक्षिण कोरिया र मेक्सिकोबीचको विजेता विरुद्ध खेल्नेछ। अर्को सेमिफाइनलमा आयोजक जापानले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। जापानले न्युजिल्यान्डलाई र स्पेनले आइभोरी कोष्टलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्