टोकियो ओलम्पिकः एथलेटिक्स १०० मिटर दौडमा जमैकाको क्लिन स्विप एजेन्सी। जमैकाकी एलेन थम्पसन–हेराले ओलम्पिक कीर्तिमानसहित एथलेटिक्सको महिला १०० मिनेट दौडमा स्वर्ण पदक जितेकी छन्। उनले १०.६१ सेकेण्डमा दुरी पार गर्दै ३३ वर्षको कीर्तिमान भङ्ग गरिन्। १९८८ सियोल ओलम्पिकमा अमेरिकाकी जोएनर फ्लोरेन्सले १०.६२ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्। जमैकाकै शेली–अन फ्रासर–प्रेसले १०।७४ सेकेण्ड दुरी पार गर्दै रजत र शेरिका ज्याक्सनले १०.७६ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्