ओलम्पिक पदक तालिकामा चीनको अग्रता कायम, २१ स्वर्णसहित ४६ पदक चीनले जित्यो
काठमाडौं।टोकियो ओलम्पिक–२०२० को पदक तालिकामा चीनको अग्रता कायम छ।हालसम्म चीनले २१ स्वर्ण, १३ रजत र १२ काश्य गरी ४६ पदकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा १७ स्वर्ण, ५ रजत र ८ काश्य गरी ३० पदकसहित आयोजक जापान रहेको छ।यस्तै तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १६ स्वर्ण, १७ रजत र १३ काश्य गरी ४६ पदक हात पारेको छ।
प्रतिक्रिया दिनुहोस्