टोकियो ओलम्पिकमा आज २५ स्वर्णको लागि प्रतिस्पर्धा हुने काठमाडौं। टोकियो ओलम्पिक–२०२० को आज १०औं दिन विभिन्न विधामा २५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ। आज जिम्नास्टिक,लङ्ग जम्प, ब्याडमिन्टन, बेसबल, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, स्वीमिङ, फेन्सिङ, गल्फ ह्याण्डबल, हकी,सुटिङ, टेबल टेनिस,टेनिस,वाटर पोलो, भारत्तोलन, रेस्लिङलगायतका खेलहरु हुनेछन्।हालसम्मको प्रतिस्पर्धामा सबैभन्दा बढी मेडल चीनले जितेको छ।चीनले २१ स्वर्ण, १३ रजत र १२ काश्य गरी कुल ४६ वटा मेडल हात पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्