पाकिस्तानले वेष्ट इन्डिजलाई ७ रनले हरायो
एजेन्सी। कप्तान बाबर आजमको ५१ रनप्रेरित पाकिस्तानले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजलाई ७ रनले रनले हरायो। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ८ विकेट गुमाएर १५७ रन बनायो। कप्तानबाहेक पाकिस्तानका मोहम्मद रिजवानले ४६ रन बनाए। १५८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ४ विकेट गुमाएर १५० रन मात्र बनायो। वेष्ट इन्डिजका निकोलस पूरनले ६२ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
प्रतिक्रिया दिनुहोस्