टोकियो ओलम्पिकः इटालीका धावक ज्याकोब्सले जिते १०० मिटर दौडमा स्वर्ण एजेन्सी। इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले एथलेटिक्सको पुरुष १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन्। यस स्पर्धामा जमैकाका उसेन बोल्टको नाममा ओलम्पिक र विश्व कीर्तिमान छ। अमेरिकाका फ्रेड कार्लेले ९.८४ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते। क्यानडाका आन्द्रे डी ग्रेसीले ९.८९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्