टोकियो ओलम्पिकः भारतीय हक्की टिम ४९ वर्षपछि सेमिफाइनलमा एजेन्सी। भारतीय हक्की टिमले आज आठ पटकको स्वर्ण पदक विजेता बेलायतलाई ३–१ ले हराउँदै पुरुष हक्कीको सेमिफाइनलमा स्थान बनाएको छ। भारत ४९ वर्षपछि ओलम्पिकको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो। भारतको जितमा दिलप्रीत सिंह, गुरजन्त सिंह र हार्दिक सिंहले गोल गरे। बेलायतका लागि एक मात्र गोल साम वार्डले गरे। भारतले अब फाइनल प्रवेशका लागि बेल्जियमविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्