टोकियो ओलम्पिकः पौडीमा अमेरिकाको वर्चस्व
एजेन्सी। टोकियो ओलम्पिकमा आजबाट पौडीको सबै स्पर्धा सकिएको छ। पौडीमा अमेरिकाले वर्चस्व जमायो। कुल ३५ मध्ये अमेरिकाले ११ स्वर्ण पदक जित्यो। त्यसबाहेक १० रजत र ९ काश्यसहित कुल ३० पदक अमेरिकाले जित्यो। ९ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल २० पदक जितेको अस्ट्रेलिया दोस्रो र ४ स्वर्ण, ३ रजत र एक काश्यसहित ८ पदक जितेको बेलायत तेस्रोमा रह्यो।
प्रतिक्रिया दिनुहोस्