नेपालगन्जमा म्याराथन हुँदै
<p>क्रियटिभ ह्यान्ड्सले वृहत् शान्ति सम्झौताको स्मरणमा म्याराथन गर्दै आएको छ। म्याराथनको तयारी तीव्र पारिएको क्रियटिभ ह्यान्ड्स अध्यक्ष टीएस ठकुरीले जानकारी दिए। “शान्ति सम्झौता भएको दिन ५ मंसिर भए पनि ट्राफिक व्यवस्था मिलाउन सहज हुने भएकाले शनिबारलाई रोजिएको हो,” उनले भने, “म्याराथनको व्यवस्थापन चुस्त बनाइने र पुरस्कार राशिमा वृद्धि गर्ने तयारी गरेका छौँ।”</p>
<p>पुरुष खुलातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, पाँच किलोमिटर महिला तथा पुरुषको स्कुलस्तरीय तथा खुला दौड समावेश गरिएको छ।</p>
<p>त्यसै गरी ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड राखिएको छ भने शारीरिकरूपले अशक्तहरूको लागि पनि दौड स्पर्धा समेटिएको छ। यस वर्षदेखि तीन किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्