प्रिमियर लिग: आर्सनल र म्यानचेष्टर युनाइटेडले अंक बाँडे

काठमाडौं। प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनलसँग बराबरी खेल्दै अंक बाँडेको छ।

गएराती ओल्ट ट्राफोर्डमा भएको खेलमा स्कट म्याकटोमिनेले मार्कुस रासफोर्डको पासमा गोल गर्दै घरेलु टोली युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा लण्डन क्लब आर्सनलले गोल फर्कायो।

५८ औं मिनेटमा एरे उमरिक ओवामेयाङले बुकायो साकाको पासमा गोल गर्दै खेल बराबरी गरेका थिए। बराबरीपछि आर्सनल सात खेलबाट १२ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको छ।

समान अंक रहेपनि आर्सनलले वेष्टहमलाई पछि पारेको हो।

उता ९ अंक मात्र जोडेको युनाइटेड भने दशौं स्थानमा छ। शतप्रतिशत जितसहित २१ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा आसिन छ।

प्रिमियर लिगमा युनाइटेडको यो ३० वर्ष यताकै सबैभन्दा खराब शुरुवात् हो।

शुरुवाति ७ खेलमा पनि युनाइटेडले दोहोरो अंक जोड्न सकेको छैन।

सन् १९८९-९० मा पछिल्लो पटक युनाइटेडले ७ खेलबाट दोहोरो अंक छुन सकेको थिएन, त्यस सिजन युनाइटेड लिगमा १३ औं भएको थियो।

प्रतिक्रिया दिनुहोस्