जिम्बावे विरुद्ध उपकप्तान दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले राम्रो ब्याटिङ गरेका थिए भने सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए। सिंगापुर विरुद्ध नेपालको बलिङ राम्रो रहन नसकेपनि ब्याटिङमा कप्तान पारसले आरिफ शेखसँग उत्कृष्ट साझेदारी गरेका थिए।
पारसलाई गतिलो साथ दिएका आरिफले नटआउट ३९ रन योगदान गरेका थिए। यस सिरिजमा आरिफले तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका छन्।
यस्तै पहिलो पटक राष्ट्रिय टिममा परेका दुई युवा खेलाडी इशान पाण्डे र कुशल मल्लले पहिलो खेलमै जिम्बावे विरुद्ध डेब्यु गरेका थिए। सुसन भारीले भने सिंगापुर विरुद्ध डेब्यु गरेका थिए।
नेपाल र जिम्बावेबीचको खेल नेपाली समय अनुसार आज साँझ सवा ५ बजे इन्डियन एसोसिएसन ग्राउण्डमा शुरु हुनेछ।

ट्राई नेशन सिरिज: नेपाललाई जिम्बावे विरुद्ध बदला लिने अवसर : Dekhapadhi
ट्राई नेशन सिरिज: नेपाललाई जिम्बावे विरुद्ध बदला लिने अवसर

काठमाडौं। सिंगापुरमा भइरहेको सिंगापुर ट्राई नेशन टी-२० सिरिज अन्तर्गत नेपालले आज जिम्बावेसँग खेल्दैछ। यसअघि दुई खेल खेलिसकेको नेपालले एक हार र एक जितको नतिजा निकालेको थियो।

सिरिजको पहिलो खेलमै जिम्बावेसँग खेलेको नेपाल ५ विकेटले पराजित भएको थियो। उक्त खेलमा जिम्बावेलाई जिताउन मुटुम्बानी र राएन बुर्लले छैटौँ विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए। तर, दोस्रो खेलमा नेपालले सिंगापुरलाई हराउँदै २ अंक जोडेको थियो।

कप्तान पारस खड्काले ५२ बलमा नटआउट १०६ रन बनाएपछि नेपालले सिंगापरलाई सजिलै ९ विकेटले हरायो। त्यसपछिको खेलमा घरेलु टोली सिंगापुरले जिम्बावेमाथि ऐतिहासिक ४ रनको जित निकाल्दा सिरिज रोमाञ्चक बनेको छ। सहभागि तीन वटै टोलीको अहिले समान २ अंक छ। रनरेटमा नेपाल शीर्ष स्थानमा छ। त्यसैले पनि नेपालको लागि आज जिम्बावेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बदला लिने अवसर छ।